कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

४ बजे मौद्रिक नीति आउँदै 

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज शुक्रबार ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीतिका लागि सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्र बैंक यो वर्ष कसिलो मौद्रिक नीति ल्याउने तयारीमा जुटेको छ । मुलुकको बाह्य क्षेत्रमा परेको चापले विदेशी विनियम सञ्चिति व्यवस्थापनमा चुनौती थपेको मात्र छैन, ६ वर्षयताकै न्यून अवस्थामा आएको छ । 

४ बजे मौद्रिक नीति आउँदै 

बढ्दो व्यापार घाटा लगायत कारणले पनि चालु आर्थिक वर्षको मौद्रिक नीति विगतका भन्दा कसिलो आउने राष्ट्र बैंक स्रोतले बताएको छ । ‘अनिवार्य नगद अनुपात (सीआरआर), बैंक दर बढ्ने सम्भावना छ भने पुनर्कर्जाको आकार घटाइँदै छ,’ स्रोतले भन्यो, ‘निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा विस्तारको लक्ष्य पनि गत आर्थिक वर्षको भन्दा कम तय हुने देखिन्छ ।’

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रदान गर्ने स्थायी तरलता सुविधा (एसएलएफ) प्रवाह प्रक्रियामा पनि केही कडाइ गर्ने देखिएको छ । गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत ५ प्रतिशत कायम गरिएको पोलीसी दर गत पुसमा २ प्रतिशत बिन्दुले बढाएर ७ प्रतिशत पुर्‍याइएको छ । मौद्रिक नीतिमार्फत त्यसलाई थप बढाउने तयारी छ ।

बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा नगदै राख्नुपर्ने अनिवार्य नगद मौज्दात (सीआरआर) पनि बढाउने तयारीमा राष्ट्र बैंक छ । ‘हालको ३ प्रतिशत सीआरआर इतिहासमै सबैभन्दा कम हो । अन्तर्राष्ट्रिय स्तरमा पनि कम्तीमा ५ प्रतिशत सीआरआर ठीक मानिन्छ । चालु आर्थिक वर्षका लागि भने राष्ट्र बैंकले निजी क्षेत्रतर्फ प्रवाहित कर्जाको लक्ष्य पनि बढीमा १५ प्रतिशतभन्दा कमको तय गर्ने बताइएको छ । रियल इस्टेट, महँगा निजी सवारीसाधन खरिदलगायत क्षेत्रमा प्रवाह हुने कर्जामा केही कडाइ गरी प्राथमिकता प्राप्त र उत्पादनमूलक क्षेत्रमा धेरै कर्जा प्रवाह गर्ने खालको नीतिको तयारी पनि राष्ट्र बैंकले गरेको छ ।


प्रकाशित : श्रावण ६, २०७९ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?