साउन २१ भित्रै चौथो त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गर्न बैंकहरूलाई निर्देशन  

काठमाडौँ — अब बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष सकिएको तीन साता (२१ दिन) भित्रै चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गरी उक्त व्यवस्था गरेको हो ।

साउन २१ भित्रै चौथो त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गर्न बैंकहरूलाई निर्देशन  

‘चौथो त्रैमासको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्र प्रकाशन गर्नु पर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । यसअघि यस्तो प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको मितिले एक महिना (३० दिन) भित्र सार्वजनिक गर्नु पर्ने व्यवस्था थियो । उक्त अवधि घटाएर राष्ट्र बैंकले २१ दिनभित्र सार्वजनिक गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । यस्तै, चौथो त्रैमासको वित्तीय प्रतिवेदन प्रकाशित गर्ने समय (म्याद) घटाए पनि अरु त्रैमास (पहिलो, दोस्रो र तेस्रो) को प्रतिवेदन ७ दिनभित्र प्रकाशित गर्नुपर्ने पुरानो व्यवस्था भने यथावत नै छ ।

प्रकाशित : श्रावण ५, २०७९ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?