कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

नेप्से २०११ अंकमा, १ अर्ब ३२ करोडको कारोबार 

काठमाडौँ — आर्थिक वर्ष २०७९/८० को पहिलो दिन सेयर बजारको परिसूचक नेप्से २०११ अंकमा कायम भएको छ । नेप्से जम्मा १.९ अंक बढेको हो । १ अर्ब २३ करोड रुपैयाँको सेयर कारोबार भयो ।

नेप्से २०११ अंकमा, १ अर्ब ३२ करोडको कारोबार 

बैंकिङ ८, जीवन बीमा १५, उत्पादन ४३ र ब्यापार उपसमूह १० अंक बढे । विकास बैंक १, फाइनान्स ११, होटल तथा पर्यटन ३१, जलविद्युत् २६, माइक्रोफाइनान्स १७, निर्जीवन बीमा ६ र अन्य उपसमूह ६ अंक घटे । कुल ८४ कम्पनीको मूल्य बढ्दा ८७ को घट्यो । राधि विद्युतको मूल्य ५.४ प्रतिशत बढ्यो । प्रभु बैंक, नयाा सारथी लघुवित्त र कुमारी बैंकको मूल्य ४ प्रतिशत बढ्यो । प्रभु सेलेक्ट फण्डको मूल्य ९.७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा माथिल्लो तामाकोसी, हिमालयन डिस्टिलरी, अरुणकाबेली, एनआईसी एसिया बैंक र नेपाल टेलिकम क्रमश: अगाडि रहे ।


प्रकाशित : श्रावण १, २०७९ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?