इन्धनमा करबापत समायोजन गरिएको रकम निगमलाई दिने सरकारको निर्णय 

काठमाडौँ — मन्त्रिपरिषद्को बैठकले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थमा करबापत गरिएको समायोजन रकम प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि कर कटौती गरेर उपभोक्तालाई दिएको राहत बराबरको रकम निगमलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत दिने निर्णय गरेको हो ।

इन्धनमा करबापत समायोजन गरिएको रकम निगमलाई दिने सरकारको निर्णय 

यसअघि असार ११ गते सरकारले पेट्रोलमा प्रतिलिटर २० र डिजेल तथा मट्टितेलमा २९ रुपैयाँ कर घटाउने निर्णय गरेलगत्तै निगमले उपभाेक्ताका लागि साे बराबरको मूल्य घटाएको थियो । त्यसअघि पनि ती पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर समायोजन गरिएको थियो ।

कर समायोजनबापतकाे मूल्य उपभाेक्ताका लागि घटाए पनि निगमले सरकारलाई भने पुरानै दरको कर तिर्दै आएको छ । यसले गर्दा भारतीय आयल कर्पोरेसनलाई बुझाउनुपर्ने बक्यौता रकम निगमलाई बढ्दै गएको थियो । करबापतको रकम निगमलाई प्रदान गर्ने आजको मन्त्रिपरिषद् बैठकको निर्णले निगमलाई राहत मिल्नेछ ।

प्रकाशित : असार ३१, २०७९ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?