कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पहिले अर्थतन्त्र जोगाऊँ, त्यसपछि सुविधा खोजौँला : गभर्नर अधिकारी

काठमाडौँ — अर्थतन्त्रको परिस्थिति हेरेर आगामी आर्थिक वर्षको मौद्रिक नीति आउने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । अर्थतन्त्रको अवस्था ठिक नभएकाले पहिलो प्राथमिकता सुधारलाई दिनुपर्ने भएकाले सोहीअनुसार मौद्रिक नीति आउने गभर्नर अधिकारीले बताए । उद्योग वाणिज्य महासंघले आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई सुझाव दिन आइतबार आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

पहिले अर्थतन्त्र जोगाऊँ, त्यसपछि सुविधा खोजौँला : गभर्नर अधिकारी

अन्तर्क्रियामा उद्योगी व्यवसायीको सुझाव सुनेपछि गभर्नर अधिकारीले भने, ‘सबैले आ-आफ्नो उद्योग व्यवसायलाई प्रश्रय पुग्ने खालको सुझाव दिनुभएको छ, यो स्वभाविक हो । तर मौद्रिक नीतिमा उहाँहरुको सबै सुझाव समावेश गर्न नसकिने अवस्था छ ।’ अहिले अर्थतन्त्रको अवस्था हेर्दा सबै पक्षले केही न केही कुरामा चित्त बुझाउनुपर्ने उनले बताए । ‘नियामक निकाय, उद्योगी व्यवसायी, बैंक तथा वित्तीय संस्था, उपभोक्ता सबैले कहीं न कहीं चित्त बुझाउनुपर्ने अवस्था आउन सक्छ,’ उनले भने, ‘पहिले अर्थतन्त्रलाई जोगाऊँ, अर्थतन्त्र सामान्य अवस्थामा आएपछि सुविधा खोजौँला ।’

कुनै विषय राष्ट्र बैंकको गभर्नरले चाहँदैमा मौद्रिक नीतिमा समावेश गर्न नसकिने पनि उनले स्पष्ट पारे । ‘गभर्नरलाई लाग्दैमा उक्त नीति मौद्रिक नीतिमा आउने होइन,’ उनले भने, ‘मुलुकको अवस्था, त्यसले पार्ने प्रभाव सबै पक्ष हेरेर मात्र आउने हो ।’ मौद्रिक नीति निर्माणमा लागि राष्ट्र बैंकको प्राविधिक टोलीले काम गरिरहेको पनि उनले जानकारी दिए । कार्यक्रममा उद्योगी व्यवसायीले बैंक ब्याजदर एकल अकंमा झार्नुपर्ने, पुँजी बजारलाई प्रोत्साहन गर्ने खालको नीति ल्याउनुपर्ने, सामान आयातमा लाग्दै आएको नगद मार्जिनको व्यवस्था खारेज गर्नुपर्ने लगायत सुझाव दिएका थिए ।


प्रकाशित : असार २६, २०७९ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?