कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

आन्तरिक हवाई भाडा बढ्यो, कहाँ जान कति लाग्छ ?

काठमाडौँ — आन्तरिक हवाई भाडा बढेको छ । यसअघि नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएअनुसार फ्युल सरचार्ज बढेको हो । निगमले सोमबार आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १८५ रुपैयाँबाट बढाएर १९० रुपैयाँ पुऱ्याएको थियो । यसले उडानकाे अधिकतम भाडा बढ्न गएको हो ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबारदेखि नै लागू हुनेगरी फ्यूल सरचार्ज अनुमोदन गरी पठाएको छ । 

आन्तरिक हवाई भाडा बढ्यो, कहाँ जान कति लाग्छ ?

हवाई इन्धनको मूल्य घटबढ भएअनुसार अटाेमेटिक नयाँ फ्यूल सरचार्ज तय हुँदा हवाई भाडाको अधिकतम शुल्क पनि सामान्य घटबढ हुने गर्छ । नयाँ फयूल सरचार्जअनुसार काठमाडौं धनगढीको भाडादर सबैभन्दा धेरै २२० रुपैयाँ बढेको छ । काठमाडौं सिमरा उडानमा सबैभन्दा कम ४५ रुपैयाँ बढेको छ । अब काठमाडाैं धनगढीको अधिकतम हवाई भाडा १७ हजार २५ रुपैयाँसम्म पुगेको छ भने काठमाडाैं सिमराकाे हवाई भाडा सबैभन्दा कम अधिकतम ४ हजार २४० रुपैयाँसम्म पुगेको छ ।

बढेको फ्युल सरचार्जअनुसार वायुसेवा कम्पनीहरुले अधिकतम लिन पाउने हवाई भाडाको सूची यस्तो छ :


प्रकाशित : असार २२, २०७९ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?