वाणिज्यको अनुगमन : २० दिनमा ८७ फर्मलाई कारबाही - अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाणिज्यको अनुगमन : २० दिनमा ८७ फर्मलाई कारबाही 

कान्तिपुर संवाददाता

काठमाडौँ — वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा २० दिनमा ८७ फर्मलाई कारबाही गरेको छ । असार १ देखि २० गतेसम्म बजार अनुगमनको सिलसिलामा ती फर्मलाई विभिन्न कसुरमा कारबाही स्वरुप कुल २५ लाख ७५ हजार रुपैयाँ जरिवाना गरिएको विभागले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । यसबीचमा २७८ फर्मको अनुगमन गरिएको विभागले जनाएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि असार २० गतेसम्म कुर ३ हजार ३४ व्यापारिक फर्महरुमा अनुगमन र निरीक्षण गरी १ हजार ३०१ फर्मलाई १ करोड ७७ लाख ८१ हजार रुपैयाँ जरिवाना गरिएको छ । पछिल्लो पटक उजुरीका आधारमा पाटन औद्योगिक क्षेत्रको अन्नपूर्ण इन्डष्ट्रिजद्वारा उत्पादित पानीको नमुना संकलन गरी परीक्षण गर्दा पिउन अयोग्य देखिएको जनाउँदै विभागले उद्योगलाई सिलबन्दी गरिएको जनाएको छ ।


प्रकाशित : असार २१, २०७९ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्

अश्लील शीर्षकसहितका भिडियो सम्प्रेषण गर्ने युट्युबर पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — अश्लील शीर्षकसहितका भिडियो सामग्री युट्युब च्यानलमा राखेर अश्लीलता फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

'फोर रियल टिभी' नामको युट्युब च्यानल सञ्चालन गरी त्यसमार्फत् अश्लील सामग्री सम्प्रेषण गरेको आरोपमा नुवाकोटका प्रवेश लामालाई प्रहरीले पक्राउ गरेको हो ।

नुवाकोट बेलकोटगढी नगरपालिका ७ का स्थायी बासिन्दा २२ वर्षीय लामा काठमाडौंको बौद्धस्थित तीनचुलेमा बस्दै आएका थिए ।

असार २० गते लामालाई पक्राउ गरी प्रहरीले अदालतबाट ५ दिनको म्याद थप गराएर थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीका अनुसार आरोपित लामालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुरमा पक्राउ गरी अनुसन्धान गरिएको हो ।


प्रकाशित : असार २१, २०७९ १८:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×