कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सेयर बजार २०३० अंकमा ओर्लियो, सबै सूचकमा गिरावट 

काठमाडौँ — मंगलबार सेयर बजारको परिसूचक नेप्से २०३० अंकमा ओर्लिको छ । कारोबारको आधा समय उतारचढाव रहेको बजार १ बजेपछि ओरालो लाग्यो । २ अर्ब ९६ करोड रुपैयाँको कारोबार भयो । यसअघि सोमबार ४ अर्ब नाघेको थियो ।

सेयर बजार २०३० अंकमा ओर्लियो, सबै सूचकमा गिरावट 

सबै सूचकहरु राताम्मे भएका छन् । बैंकिङ १७, विकास बैंक १००, फाइनान्स ५६, होटल तथा पर्यटन ७८, जलविद्युत् ५२, लगानी २, जीवन बीमा २१५, उत्पादन १४५, माइक्रोफाइनान्स ११३, निर्जीवन बीमा २३९, अन्य ६० र ब्यापार उपसमूह ८५ अंक घटे ।

कुल १७ कम्पनीको मूल्य बढ्दा १७५ को घट्यो भने १ को स्थिर रह्यो । सीवाईसी लघुवित्त र ङादी ग्रुप पावरको मूल्य १० प्रतिशत बढ्यो । आँधिखोला लघुवित्तको ९.६, स्वाभिमान लघुवित्तको ८.१ र युनियन हाइड्रोपावरको मूल्य ५.३ प्रतिशत बढ्यो । घलेम्दी हाइड्रोको मूल्य सबैभन्दा धेरै ६.६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सानिमा बैंक (संस्थापक), अरुणकाबेली, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी र माथिल्लो तामाकोसी क्रमश: अगाडि रहे ।


प्रकाशित : असार २१, २०७९ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?