कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एक सातामै बैंकहरुमा थपियो ३४ अर्ब निक्षेप

काठमाडौँ — गत साता मात्रै वाणिज्य बैंकहरुमा ३४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । अघिल्ला साताहरुको तुलनामा गत साता निक्षेप उच्च दरले बढेको हो । यद्यपि कर्जा भने गत साता दुई अर्बले मात्रै विस्तार भएको छ ।  आर्थिक वर्षको अन्तिम महिना भएकाले सरकारी खर्च केही बढेको छ ।

एक सातामै बैंकहरुमा थपियो ३४ अर्ब निक्षेप

सरकारी खर्च बढेपछि बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन बढेको हो । तर, आर्थिक वर्षको अन्त्यमा बैंकहरुले कर्जा असुलीमा ध्यान दिने भएकाले उक्त अवधिमा कर्जा विस्तार न्यून देखिएको बैंकरहरुले बताएका छन् । राष्ट्र बैंकका अनुसार अघिल्लो शुक्रबार (असार १० मा) ४३ खर्ब ९८ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप १७ गतेसम्म आइपुग्दा बढेर ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै सो एक साताको अवधिमा कर्जा ४१ खर्ब ८२ अर्ब रुपैयाँबाट २ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ८४ अर्ब रुपैयाँ कायम भएको छ । यसले बैंकहरुलाई रकम व्यवस्थापनका लागि केही सहज भएको छ ।

गत चैतदेखि नै वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह घटेको छ । गत चैत मसान्तमा वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४१ खर्ब ९७ अर्ब रुपैयाँ थियो । त्यसपछिका हरेक साताजसो कुल कर्जा घटिरहेको छ । असार १७ गतेसम्म आउँदा पनि ४१ खर्ब ८४ अर्बमा सीमित छ ।


प्रकाशित : असार २१, २०७९ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?