विदेशी विनिमय अपचलन गरेको अभियोगमा कुश्माका गणेश पौडेलविरुद्ध मुद्दा दायर  

काठमाडौँ — विदेशी विनिमय अपचलन गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले कुश्मा–१ का गणेश पौडेलविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । उनीविरुद्ध ८ करोड २३ लाख रुपैयाँ बिगो कायम गरी सजाय माग गरिएको छ । 

विदेशी विनिमय अपचलन गरेको अभियोगमा कुश्माका गणेश पौडेलविरुद्ध मुद्दा दायर  

उनलाई विदेशबाट अनौपचारिक माध्यमबाट ठूलो रकम प्राप्त हुने गरेको र नेपालमा विभिन्न व्यक्तिलाई भुक्तानी दिएको तथा यस कार्यका लागि आर्थिक लाभ लिएको विभागको भनाइ छ । विदेशमा विदेशी मुद्रा भुक्तानी लिई सोही बराबरको रकम नेपालतर्फको भुक्तानी फरफारक गरेको देखिएको, विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र लिएको नदेखिएको समेतका आधारलाई प्रमाण मानिएको विभागले जनाएको छ ।


प्रकाशित : असार २०, २०७९ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?