२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

११ महिनामा ७ लाख ५२ हजार घरजग्गा कारोबार

सबैभन्दा बढी साउनमा ७५ हजार ४१७ पटक घरजग्गा किनबेच भएका थिए भने सबैभन्दा कम वैशाखमा ४४ हजार ८०३ काराेबार भएको छ

काठमाडौँ — चालु आर्थिक वर्षको ११ महिनामा करिब ८ लाख पटक घरजग्गा किनबेच भएका छन् । तरलता अभाव र बढ्दो ब्याजदरबीच पनि चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म ७ लाख ५२ हजार ६०९ पटक घरजग्गा किनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । 

११ महिनामा ७ लाख ५२ हजार घरजग्गा कारोबार

विभागका अनुसार लिखत पारितका आधारमा मात्रै सबैभन्दा बढी साउनमा ७५ हजार ४१७ पटक घरजग्गा किनबेच भएका थिए भने सबैभन्दा कम वैशाखमा ४४ हजार ८०३ पटक किनबेच भएको छ । यस्तै भदौमा ७० हजार ९०, असोजमा ५९ हजार २२७, कात्तिकमा ५० हजार ८३, मंसिरमा ६९ हजार ४१२, पुसमा ७० हजार १६८, माघमा ५९ हजार ५१६, फागुनमा ७४ हजार ३६, चैतमा ७० हजार ८२९ पटक घरजग्गा किनबेच भएकाे विभागकाे तथ्याङ्क छ ।

जेठमा ५४ हजार ५१४ र असार १४ गतेसम्म २१ हजार २८२ पटक घरजग्गा किनबेच भइसकेकाे विभागले जनाएकाे छ ।सरकारले भूउपयोग नियमावली २०७९ कार्यान्वयनमा ल्याएसँगै कित्ताकाट रोकिएका कारण कारोबार कमी देखिने विभागका कर्मचारी बताउँछन् । कित्ताकाट राेकिएसँगै मापलाेत कार्यालयमा ६० प्रतिशत मात्र काम भइरहेकाे विभागका प्रवक्ता कृष्ण प्रसाद भण्डारीले बताए ।

प्रकाशित : असार २०, २०७९ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?