अप्पर सोलुको आईपीओ खुल्यो

आयोजनाको प्रतिमेगावाट लागत २१ करोड २७ लाख अनुमान

काठमाडौँ — सर्वसाधारणका लागि अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । अंकित मूल्य प्रतिकित्ता १०० का दरले कम्पनीले कुल १९ लाख ५७ हजार ५०० कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ३९ हजार १५० कित्ता कर्मचारी र ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहने १८ लाख २० हजार ४७५ कित्ता शेयर सर्वसाधारणका लागि बाँडफाँट गरिने बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ । 

अप्पर सोलुको आईपीओ खुल्यो

सर्वसाधारणले असार २३ गतेसम्म आईपीओमा आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन सकिनेछ । आफ्नाे खाता रहेको बैंककाे शाखा तथा सीडीएससीको अनलाइन प्रणाली मेरोसेयमार्फत आवेदन दिन सकिन्छ । कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका हुँदै बग्ने सोलु खोलामा २३ दशमलव ५ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्रनपी–आइआर बीबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ । आयोजनाको कुल अनुमानित लागत ५ अर्ब रहेको छ । प्रतिमेगावाट लागत २१ करोड २७ लाख रहने अनुमान छ । आयोजनाकाे साधारण लगानी फिर्ता हुने अवधि ७‍ दशमलव ८६ वर्ष रहने आह्वान पत्रमा उल्लेख छ ।

प्रकाशित : असार २०, २०७९ १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?