कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

५७ अंक बढ्यो नेप्से, साढे २ अर्बको कारोबार

यी हुन् १० प्रतिशत मूल्य बढेका ६ कम्पनी 

काठमाडौँ — साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ५७.६१ अंकले बढेको छ । नेप्से परिसूचक २०८६ अंकमा पुगेको छ । कुल २ अर्ब ४८ करोड रुपैयाँको कारोबार भयो । बजारका सबै सूचक बढेका छन् ।

५७ अंक बढ्यो नेप्से, साढे २ अर्बको कारोबार

बैंकिङ १६, विकास बैंक ११८, फाइनान्स ६५, होटल तथा पर्यटन ९४, जलविद्युत् १२८, जीवन बीमा १७०, उत्पादन २५०, माइक्रोफाइनान्स १३९, निर्जीवन बीमा १८१, अन्य ७२ र ब्यापार उपसमूह सूचक १७४ अंक बढे । कुल १७६ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो भने ५ को स्थिर रह्यो । साल्ट ट्रेडिङ, हिमालय पावर पार्टनर, माथिल्लो तामाकोसी, सान्जेन, नेस्डो लघुवित्त र सीवाईसी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै रसुवागढी र मध्यभोटेकोसीको मूल्य साढे ९ प्रतिशत धेरैले बढ्यो । कारोबार रकमका आधारमा ङादी ग्रुप, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, एनआईसी एसिया र नेपाल पुनर्बीमा कम्पनी क्रमश: अगाडि रहे ।


प्रकाशित : असार १९, २०७९ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?