२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

७ प्रदेशका उत्कृष्ट श्रम प्रतिष्ठान सम्मानित

काठमाडौँ — व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यमा उत्कृष्ट व्यवस्थापन गर्ने सातै प्रदेशका ७ वटा विशेष श्रम प्रतिष्ठानलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सम्मान गरेको छ ।

७ प्रदेशका उत्कृष्ट श्रम प्रतिष्ठान सम्मानित

सीमित स्रोत–साधन र कठिन अवस्थामाझ पनि व्यावसायिक दक्षता तथा नियमन गर्न सकेका सात प्रदेशका १–१ प्रतिष्ठानलाई सम्मान गरिएको मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक उमाकान्त आचार्यले जानकारी दिए । देशभरका ५ दर्जनभन्दा बढी उद्योग–प्रतिष्ठानमध्ये विभिन्न चरणमा ७ वटा प्रतिष्ठानलाई छानिएको विभागकी कारखाना निरीक्षक निशा ठाकुरले बताइन् ।

सम्मानित हुनेहरूमा प्रदेश १ बाट रिलायन्स स्पिनिङ मिल्स लिमिटेड (इटहरी), मधेसबाट सूर्य नेपाल प्रालि (बारा), वाग्मतीबाट बोटलर्स नेपाल लिमिटेड (काठमाडौं), गण्डकीबाट गोर्खा ब्रुअरी प्रालि (नवलपरासी पूर्व), लुम्बिनीबाट सीजी फुड्स प्रालि (बर्दिया), कर्णालीबाट मध्यपश्चिम वाटर एन्ड वेभरेज प्रालि (सुर्खेत) र सुदूरपश्चिमबाट सुदूर फुड इन्ड्रस्ट्री (कैलाली) छन् ।

प्रकाशित : असार १९, २०७९ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?