कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

लुम्बिनी प्रदेशका उद्योगको क्षमता उपयोग ५० प्रतिशत

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लुम्बिनी प्रदेशका उद्योगहरूको क्षमता उपयोग ५०.१८ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । कोभिड–१९ को असर विस्तारै कम हुँदै गएपछि लुम्बिनी प्रदेशका उद्योगहरूको क्षमता उपयोग बढेको बताइएको छ ।

लुम्बिनी प्रदेशका उद्योगको क्षमता उपयोग ५० प्रतिशत

चालु आर्थिक वर्षको ६ महिनामा आल्मुनियम उत्पादन गर्ने उद्योगहरूको क्षमता उपयोग सबैभन्दा बढी शतप्रतिशत रहेको छ भने तोरीको तेल उत्पादन गर्ने उद्योगको सबैभन्दा कम २१.९३ प्रतिशत रहेको छ । उक्त अवधिमा आल्मुनियमको अत्यधिक माग बढेकाले ती उद्योगले सतप्रतिशत क्षमता उपयोग गरेको राष्ट्र बैंकले औंल्याएको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा उद्योगको औसत क्षमता उपयोग ४९.२२ प्रतिशत थियो ।

यस्तै, चालु आर्थिक वर्षको ६ महिनामा लुम्बिनी क्षेत्रका उद्योगको उत्पादनहरूमध्ये बजार माग बढेको कारण सिन्थेटिक कपडा १९.९४ प्रतिशत र कागजको ६६.१६ प्रतिशतले बढेको छ । यस्तै, प्लाष्टिकका सामान ७.०७, सिमेन्ट ६३.१५, कंक्रिट ६.९३, फलामको छड तथा पत्ति ५६.४७ र बिजुलीको तार तथा केबल १४.५८ प्रतिशतले वृद्धि भएको छ । उक्त अवधिमा सीजीको नयाँ उद्योग रारा चाउचाउ फ्याक्ट्री सञ्चालनमा आएको कारण चाउचाउ उत्पादन ११.४७ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, कच्चा पदार्थको सहज उपलब्धता नभएको कारण रोजिन उत्पादन ८.९४ प्रतिशत र बजारमा माग घटेको कारण मदिरामा २१.६९ प्रतिशतले ह्रास आएको बताइएको छ ।

लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाले औद्योेगिक क्षेत्रमा प्रवाह गरेको औद्योगिक कर्जामध्ये खानीसम्बन्धी उद्योगमा ०.७६ प्रतिशत र कृषि, वन तथा पेय पदार्थसम्बन्धी उद्योगमा २८.६७ प्रतिशत कर्जा प्रवाह गरेका छन् । यस्तै, गैर–खाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगमा ४०.६४ प्रतिशत, निर्माण सम्बन्धी उद्योगमा २२.८७ प्रतिशत, विद्युत् ग्यास तथा पानी सम्बन्धी उद्योगमा ०.८७ प्रतिशत र धातुका उत्पादन मेसीनरी तथा इलेक्ट्रोनिकसम्बन्धी उद्योगमा ६.१७ प्रतिशत कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ ।

प्रकाशित : असार १८, २०७९ १६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?