परिष्कृत हुँदै गुगलको पासवर्ड म्यानेजर

एजेन्सी

काठमाडौँ — गुगलले आफ्नो पासवर्ड म्यानेजरलाई अपडेट गर्ने भएको छ । प्रयोग गर्न सहज होस् र आफ्ना अनेक प्लाटफर्ममा एकरुपले काम गरोस् भनेर कम्पनीले पासवर्ड म्यानेजरमा सुधार ल्याउन लागेको जनाएको छ ।

परिष्कृत हुँदै गुगलको पासवर्ड म्यानेजर

प्रयोगकर्ताले आफ्ना गुगल खातालाई थप सुरक्षित बनाउन सकुन् भन्ने उदेश्य रहेको गुगलको दाबी छ । क्रोम र एन्ड्रोइड सेटिङ दुवैमा पासवर्ड व्यवस्थापन एकै प्रकारको हुने भनिएको छ । अर्थात्, गुगलको पासवर्ड म्यानेजरले एप र वेबसाइटका पासवर्डलाई एकैठाउँमा संकलन गरी प्रयोगकर्तालाई सहजता प्रदान गर्न खोजेको छ ।

गुगलका अनुसार एन्ड्रोइड प्रयोगकर्ताले क्रोम ब्राउजर खोल्दा स्क्रिनको तलपटि देखिने टच–टु–लग इन अप्सनमार्फत् छिटो लग इन हुने सुविधा पाउनेछन् । गुगलले गत वर्ष बायोमेट्रिक भेरिफिकेसन फिचर ल्याएको थियो । हालको पासवर्ड म्यानेजमेन्ट सुविधा यसमै आधारित छ ।


युजरनेम वा पासवर्डमा कमजोरी वा खतरा देखिएमा वा पुरानो पासवर्ड पुनः प्रयोग गरिएको पाइएमा गुगलको पासवर्ड म्यानेजरले पासवर्ड चेकअपका लागि नोटिफिकेसन पठाउनेछ । त्यस्तो नोटिफिकेसन आएमा अटोम्याटिक पासवर्ड चेन्ज फिचर प्रयोग गरी समास्या समाधान गर्न सकिनेछ । आईओएस, विन्डोज, म्याकओएस, लिनक्स र क्रोम ओएसमा यस्ता नोटिफिकेसन आउनेछन् ।

प्रकाशित : असार १७, २०७९ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?