२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सुन तस्करी आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर 

काठमाडौँ — अवैध रुपमा सुन तस्करी गरी राजस्व चुहावट गर्ने दुईजना विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । 

सुन तस्करी आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर 

कास्की जिल्ला पोखरा महानगरपालिका १५ रामनगर बस्ने २५ वर्षीय रमेश सुनार र रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका ८ शिवमन्दिर स्थायी ठेगाना भई टोखा नगरपालिका ६ बस्ने गणेश ज्वेलर्सका सञ्चालक सुनिता बिकविरुद्ध विभागले बुधबार उच्च अदालत कास्कीमा मुद्दा दायर गरेको हो । सुनार र विकविरुद्ध ८० लाख १ सय ३० रुपैयाँ बिगो माग गरिएको छ ।

गत माघ १५ गते जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखराको पावरहाउस चोकबाट १ किलो ७ ग्राम काँचो सुनसहित रमेश सुनारलाई पक्राउ गरेको थियो । राजस्व छलेर अवैध रुपमा ल्याइएको उक्त सुन गणेश ज्वेलर्सका सञ्चालक सुनिता बिकको रहेको राजस्व अनुसन्धान विभागको अनुसन्धानबाट देखिएको छ ।

प्रकाशित : असार १७, २०७९ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?