कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नबिल बैंकको सीईओमा ढुङ्गाना

काठमाडौँ — नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले ढुङ्गानालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नबिल बैंकको सीईओमा ढुङ्गाना

ढुङ्गानाले शुक्रबारदेखि नै कार्यभार सम्हालेका छन् । यसअघिका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहको कार्यकाल सकिएपछि सोही पदमा ढुङ्गानालाई नियुक्त गरिएको हो ।

नबिल बैंकले बंगलादेश बैंकलाई गाभ्ने निर्णयसँगै ढुङ्गानालाई प्रमुख कार्यकारी अधिकृत बनाउने सहमति भएको थियो । सोही समहतिका आधारमा अहिले औपचारिक निर्णय भएको बैंक स्रोतले बताएको छ ।

ढुङगानासँग बैंकिङ क्षेत्रमा साढे २ दशकभन्दा बढी अनुभव छ । यसअघि उनी नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा दुई कार्यकाल पूरा गरी बाहिरिएका थिए । उनी नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी हुन् । राष्ट्र बैंकको जागिर छोडेर उनले निजी बैंकमा जागिर सुरु गरेका थिए ।

ढुङ्गानाले भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तरको अध्ययन पूरा गरेका छन् ।

प्रकाशित : असार १७, २०७९ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?