कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा घिमिरे

काठमाडौँ — सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रमेश घिमिरेलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । राजस्व सचिव कृष्णहरी पुस्करको संयोजकत्वमा गठित सीईओ छनोट तथा सिफारिस समितिले घिमिरेसहित कविराज अधिकारी र रमेश दाहालको नाम सिफारिस गरेको थियो ।

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा घिमिरे

सिफारिस भएका ३ जनामध्ये मन्त्रिपरिषदले घिमिरेलाई नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । घिमिरेलाई चार वर्षका लागि नियुक्त गरिएको हो । यसअघिका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रको कार्यकाल सकिएपछि कोषमा उक्त पद खाली छ । उक्त पदमा नियुक्तिका लागि छनोट तथा सिफारिस समितिले दुई पटकसम्म आवेदन आह्वान गरेको थियो ।

दोस्रो पटकमा प्राप्त आवेदनमध्येबाट अन्तरवार्ता तथा कार्यपत्र प्रस्तुतिका लागि ५ जना कविराज अधिकारी, मेघेन्द्रप्रकाश गिरी, रमेश कुमार पोखरेल, रमेश घिमिरे र रमेश दाहाललाई डाकिएको थियो । उनीहरुमध्येबाट तीन जना छनोट गरी सिफारिस गरिएको थियो । उक्त पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, वाणिज्यशास्त्र, व्यवस्थापन, वाणिज्य कानुन, लेखा, बैंकिङ वा बीमा विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको वा चार्टर्ड एकाउन्टेन्ट उपाधि हासिल गरेको हुनुपर्ने प्रावधान छ ।

प्रकाशित : असार १६, २०७९ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?