१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सेयर बजारमा छलाङ, नेप्सेले २ हजार नाघ्यो 

काठमाडौँ — बिहीबार पनि सेयर बजार उच्च अंकले बढेको छ । नेप्से परिसूचकले २ हजार अंक नाघेको छ । कुल २ अर्ब ४५ करोड रुपैयाँको कारोबार हुँदा नेप्से परिसूचक ७४.९३ अंक बढेर २०३७ अंकमा कायम भएको हो । सबै सूचकमा हरियाली छाएको छ ।

सेयर बजारमा छलाङ, नेप्सेले २ हजार नाघ्यो 

बैंकिङ २९, विकास बैंक २०२, फाइनान्स १००, होटल तथा पर्यटन १२७, जलविद्युत् १०६, लगानी २, जीवन बीमा २९६, उत्पादन २५०, माइक्रोफाइनान्स २०४, निर्जीवन बीमा ३७८, अन्य ८६ र ब्यापार उपसमूह १२६ अंक बढे । २ कम्पनीको मूल्य घट्यो भने अरु सबै १९१ कम्पनीको मूल्य बढ्यो ।

झण्डै १ दर्जन कम्पनीको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ । नेपाल फाइनान्स, मैलुङखोला र न्यादी हाइड्रोको मूल्य ठिक १० प्रतिशत बढ्यो । आँधिखोला लघुवित्त, सीवाईसी लघुवित्त र सूर्योदय वमी लघुवित्तको मूल्य ९.९ प्रतिशत बढ्यो । कर्पाेरेट डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, रिलायन्स फाइनान्स तथा पन्चकन्या माई र नेपाल पुनर्बीमाको मूल्य साढे ९ प्रतिशत बढ्यो ।कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, एसियन लाइफ, अरुणकाबेली पावर, लाइफ इन्स्योरेन्स कर्पोरेसन क्रमश: अगाडि रहे ।


प्रकाशित : असार १६, २०७९ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?