कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

छानिए ६६० नयाँ भन्सार एजेन्ट, अन्तिम नतिजा सार्वजनिक

काठमाडौँ — लोकसेवा आयोगले भन्सार एजेन्टहरुको अन्तिम नतिजा सार्वजनिक गरेको छ । यो सँगै भन्सार विभागले करिब २३ वर्षपछि नयाँ भन्सार एजेन्ट पाउने भएको छ । विभागले २०५६ सालमा परीक्षा प्रक्रियाबाट छनोट गरी ५८३ जनालाई भन्सार एजेन्ट प्रमाणपत्र दिएको थियो । त्यो संख्या अहिले घट्दै गएर १७० मा सीमित भएको छ ।

छानिए ६६० नयाँ भन्सार एजेन्ट, अन्तिम नतिजा सार्वजनिक

भन्सार एजेन्टको इजाजत लिनका लागि २०७७ चैत्र १६ दरखास्त माग गरिएको थियो भने गत वैशाख १७ गते लिखित परीक्षा लिइएको थियो । लिखित परीक्षाबाट अन्तवार्ताका लागि ८ सय ६० जना छनोट भएका थिए । नयाँ एजेन्ट छनोट प्रक्रिया विवादित भएर अदालतमा मुद्दा समेत परेको थियो ।

प्रकाशित : असार १५, २०७९ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?