डीडीसीले एकैदिन बेच्यो ५७ हजार लिटर दही

काठमाडौँ — असार १५ लाई लक्षित गरी राष्ट्रिय दुग्ध विकास संस्थान (डीडीसी)ले एकैदिन ५७ हजार ३ सय २२ लिटर दही बिक्री गरेको छ । यो परिमाण गत वर्ष असार १५ गतेकै तुलनामा १५ हजार ३ सय १३ लिटर बढी हो । डीडीसीका महाप्रबन्धक सन्जिव झाका अनुसार सामान्य दिनमा औसत बिक्री ५ हजार लिटर हो ।

डीडीसीले एकैदिन बेच्यो ५७ हजार लिटर दही

असार १५ गते भने बिक्री ह्वातै बढेको हो । ‘पछिल्लो समय असार १५ साँस्कृतिक रुपमा विकास भइरहेको छ । खेतमा मात्रै नभई कार्यालय, कर्पोरेट, रेष्टुरेन्टमा पनि दही खाने प्रचलन बढ्यो,’ उनले भने, ‘संस्थागत बिक्री बढेकाले पनि बिक्री बढेको हो ।’ डीडीसीका अनुसार उपत्यकामा मात्रै ३२ हजार लिटर दही बिक्री भएको छ । डीडिसीसँगै निजी क्षेत्रको बिक्री पनि बढेको छ । ‘असार १५ भनेको विशेष अवसर हो । डेरी क्षेत्रको लागि दसैँसरह नै हो,’ महाप्रबन्धक झाले भने, ‘विगतमा भन्दा यसपालि दही खाने प्रचलन बढेको छ । त्यसैले पनि बिक्री बढेको देखिन्छ ।’

प्रकाशित : असार १५, २०७९ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?