१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

फलफूल पकाउने एसिटिलिन ग्यास प्रयोग गर्न निषेध

काठमाडौँ — फलफूलको आयात, उत्पादन, भण्डारण तथा बिक्री वितरणमा संलग्न सबै व्यवसायीलाई फलफूल पकाउन प्रयाेग हुने कार्वाइड (एसिटिलिन ग्यास) प्रयोग गर्न निषेध गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचना जारी गर्दै कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग गरी कृत्रिम रुपमा फलफूल पकाउन तथा बिक्री गर्न वा बिक्रीको लागि राख्न निषेध गरेको हो ।

फलफूल पकाउने एसिटिलिन ग्यास प्रयोग गर्न निषेध

व्यवसायीक रुपमा फलफूल पकाउने व्यवसायीहरुले रसायन प्रयोग गरी फलफूल पकाउनु पर्ने भएमा अन्तराष्ट्रिय प्रचलनमा रहेका फलफूल पकाउन स्वीकृत रसायनहरुको तोकिएको विधि अनुरुप मात्र प्रयाेग गर्नुपर्ने विभागले जनाएकाे छ । आँप लगायत फलफूल खरिद गर्दा कार्टुन वा क्रेटमा फलफूलको प्रत्यक्ष सम्पर्कमा रहने गरी केमिकल राखिएको पाइएमा खरिद नगर्न समेत खाद्य विभागले आग्रह गरेकाे छ ।

प्रकाशित : असार १४, २०७९ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?