१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

रुबी भ्यालीमा बल्ल बैंक

धादिङ — धादिङको उत्तरी क्षेत्रमा पर्ने रुबी भ्याली गाउँपालिकामा बैक पुगेको छ । बैक अफ काठमान्डूले आइतबारदेखि यहाँ शाखा विस्तार गरेको हो । गाउँपालिका अध्यक्ष रामसिंह तामाङको खाता खोलेर बैंकको सेवा सुरु गरिएको छ । यससँगै धादिङका १३ वटै स्थानीय तहमा बैंक सेवा
पुगेको छ ।

रुबी भ्यालीमा बल्ल बैंक

नेपाल राष्ट्र बैंकले सबै बैंकलाई स्थानीय तहमा पुग्न निर्देशन दिए पनि रुबी भ्यालीका सर्वसाधारणमा बैंक पहुँच थिएन । बैंकहरूले दुर्गममा शाखा खोल्न अग्रसरता नदेखाएपछि गोलाप्रथा गरिएको थियो । भाग लागेका अरू पालिकामा शाखा खोले पनि रुबी भ्यालीमा सडक, विद्युत्, हाई स्पिडको इन्टरनेट टेलिफोनजस्ता सञ्चारसाधन, भवन र सुरक्षाको प्रत्याभूति नभएकाले शाखा खोल्न बैंकहरूले आनाकानी गरिरहेका थिए ।

भौगोलिक हिसाबले विकट रुबी भ्यालीमा बैंक पुगेपछि गाउँपालिकाको योजना भुक्तानी लिन धादिङबेंसी झर्नुपर्ने बाध्यता हटेको गाउँपालिका अध्यक्ष तामाङले बताए । ‘कतिपय कारोबार बैंकिङ प्रणालीबाट मात्रै छ । वृद्धाभत्ता, कर्मचारीलाई तलब बैंकबाटै गर्नुपर्छ,’ उनले भने, ‘धेरै काम गर्न सदरमुकाम धादिङबेंसीमै जानुपर्थ्यो, अब त्यो बाध्यता रहेन ।’

गाउँपालिकामा बैंक नपुग्दा विकास निर्माणका काम सम्पन्न गरी लिनुपर्ने भुक्तानी, विदेशबाट आफन्तले पठाएको पैसा निकाल्न २/३ दिन लगाएर धादिङबेंसीमै धाउन स्थानीय बाध्य थिए । अब गाउँपालिकाको सम्पूर्ण आर्थिक कारोबार बैंक अफ काठमान्डुबाट गरिने बताइएको छ ।

प्रकाशित : असार १४, २०७९ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?