२ अर्बको सेयर कारोबार, नेप्से घट्यो

काठमाडौँ — आइतबार ९५ अंक बढेको सेयर बजारको वृद्धि दुई दिन पनि टिक्न सकेन । सोमबार सेयर बजार खुल्दा परिसूचक नेप्से केही बढे पनि बन्द हुँदा भने २३.८५ अंकले घटेको छ । सो अंकको गिरावटपछि नेप्से १९३३ अंकमा कायम भएको छ । यस दिन २ अर्ब ४ करोड रुपैयाँकाे काराेबार भयाे । आइतबार २ अर्ब १९ करोडको काराेबार भएको थियो । 

२ अर्बको सेयर कारोबार, नेप्से घट्यो

कुल १६८ कम्पनीको मूल्य घट्यो भने २४ को बढ्यो । बैंकिङ १२, विकास बैंक ११७, फाइनान्स ३०, होटल तथा पर्यटन ७०, जलविद्युत् ६०, उत्पादन ४१, माइक्रोफाइनान्स ६७, निर्जीवन बीमा ९७, अन्य ३७ र ब्यापार उपसमूह ३४ अंकले घटे । जीवन बीमा उपसमूह भने ११३ अंक बढ्यो ।

सीवाईसी लघुवित्त र न्यादी हाइड्रोको मूल्य करिब १० प्रतिशत बढ्यो । लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य ९ प्रतिशत बढ्यो । उन्नति सहकार्य लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, लाइफ इन्स्योरेन्स कर्पोरेसन, नबिल बैंक र एसियन लाइफ इन्स्योरेन्स कम्पनी क्रमश: अगाडि रहे ।

प्रकाशित : असार १३, २०७९ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?