सेयर बजारमा ९५ अंकको छलाङ- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेयर बजारमा ९५ अंकको छलाङ

यी हुन् १० प्रतिशत मूल्य बढेका करिब ३ दर्जन कम्पनी 
कान्तिपुर संवाददाता

काठमाडौँ — साताको पहिलो दिन आइतबार सेयर बजारले ९५ अंकको छलाङ मारेको छ । नेप्से ९४.९ अंक (५.१ प्रतिशत)ले बढेर १९५६ अंकमा कायम भएको छ । कारोबार रकम पनि २ अर्ब १९ करोड पुग्यो । 


सबै उपसमूहका सूचक बढेका छन् । बैंकिङ ३५, विकास बैंक २५७, फाइनान्स १०२, होटल तथा पर्यटन १४०, जलविद्युत् १५६, जीवन बीमा ३६६, उत्पादन २८४, लघुवित्त २३१, निर्जीवन बीमा ३६२, अन्य ९६ र ब्यापार उपसमूह १२१ अंकले बढे ।

झण्डै ३ दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नेसनल हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट, प्रोग्रेसिभ फाइनान्स, कर्पोरेट डेभलपमेन्ट, रिलायन्स फाइनान्स, एचआईडीसीएल, सिनर्जी पावर, घलेम्दी, युनिभर्सल पावर, सप्तकोसी विकास बैंक, स्वाभिमान लघुवित्त, युनियन हाइड्रोपावर, सबैको लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, सानिमा लाइफ, सीवाईसी लघुवित्त, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरीको मूल्य १० प्रतिशत बढ्यो ।

हिमाल दोलखा हाइड्रो, छ्याङ्दी हाइड्रोपावर, विशाल बजार, नबिल ब्यालेन्स फण्ड २, लिबर्टी इनर्जी, हिमालयन पावर, जनउत्थान लघुवित्त, सानिमा माइ, ग्रीन डेभलपमेन्ट, जोशी हाइड्रोपावर, हिमालय ऊर्जा विकास र पोखरा फाइनान्सको मूल्य ९.९ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा कुमारी बैंक, हिमालयन डिस्टिलरी, ङादी ग्रुप, नबिल बैंक र शिवम् सिमेन्ट क्रमश: अगाडि रहे ।

प्रकाशित : असार १२, २०७९ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्

आधा शताब्दीअघि पाटनबाट चोरिएको विष्णु मूर्ति न्यूयोर्कमा

कान्तिपुर संवाददाता

काठमाडौँ — आजभन्दा ५५ वर्षअघि चोरिएर अमेरिका पुगेको भगवान् विष्णुको मूर्ति अमेरिकाको न्यूयोर्कस्थित सबैभन्दा व्यस्त संग्रालयमा फेला परेको छ ।

न्यूयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा फेला परेको विष्णुको उक्त मूर्तिलाई पन्ध्रौं शताब्दीमा निर्माण भएको कला मानिन्छ । हराएका/चोरिएका कला-सम्पदाबारे सोधखोज र पहिचानमा संलग्न अभियान ‘लस्ट आर्ट्स अफ नेपाल’ ले दिएको जानकारीमा पाटनस्थित एक मन्दिरबाट चोरिएको भनिए पनि यो सम्पदा रहेको मन्दिरको अवस्थिति भने खुलाइएको छैन ।

अभियानका अनुसार यो सम्पदाबारे ‘आर्कियोलोजिकल सर्भे अफ इन्डिया’मा समेत उल्लेख गरिएको छ । नेपालबाट चोरेर बाहिरी मुलुकमा लगिएकामध्ये अघिल्लो चरणमा तेस्रो मुलुक पुर्‍याइएको यो पुरातात्त्वक सम्पदा सन् १९६७ मै अमेरिका पुगिसकेको थियो ।

यसअघि पनि मेट्रोपोलिटन म्युजियम अफ आर्टमा रहेका उमामहेश्वर(पाटन), बुद्धमूर्ति(यट्खा) लगायत केही मूर्तिलाई नेपाल फर्काइसकिएको छ । मेट्रोपोलिटन म्युजियममा दर्जनौं पुरातात्त्विक नेपाली सम्पदाहरू थन्किएर वा प्रदर्शनीमा रहेको सूचना बाहिर आइसकेको छ ।

प्रकाशित : असार १२, २०७९ १५:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×