कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

अब इन्स्टाग्रामले पत्ता लगाउन सक्छ तपाईंको उमेर

काठमाडौँ — प्रयोगकर्ताको उमेर पुष्टि गर्न इन्स्टाग्रामले नयाँ तरिका अपनाउने भएको छ । यसमा समावेश हुन लागेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले प्रयोगकर्ताको उमेर अड्कल काट्न सक्छ । ‘योती’ नामक कम्पनीले निर्माण गरेको उक्त एआईले मान्छेको अनुहार स्क्यान गरेर उमेर बताउन सक्छ ।

अब इन्स्टाग्रामले पत्ता लगाउन सक्छ तपाईंको उमेर

बालबालिका र वयस्क चिन्न सकियोस् भनेर इन्स्टाले यस्तो एआई प्रयोग गर्न लागेको द भर्ज मिडियाले लेखेको छ । आधिकारिक रूपमा, इन्स्टामा खाता खोल्न १३ वर्ष पुगेको हुुनुपर्छ । तर यो नीति लागू गराउन कम्पनीले वर्षौंसम्म कुनै पहल गरेको थिएन । सन् २०१९ मा गोपनीयता र बाल सुरक्षासम्बन्धी विज्ञहरूले आवाज उठाएपछि इन्स्टाले एज–भेरिफिकेसन फिचर (उमेर प्रमाणित गर्नुपर्ने विधि) सुरु गरेको थियो ।

हाल, टिनएजर (१३–१९ वर्ष)हरूले इन्स्टामा उमेर सम्पादन गर्न खोजेमा इन्स्टाले उमेर प्रमाणित गर्न आदेश दिन्छ । तिनले आफ्ना परिचय पत्रको फोटो खिचेर पठाए पुग्नेमा अब इन्स्टाले सोसल भाउचिङ र एआई एस्टिमेसन गरी दुईटा विकल्प थप्नेछ । हाल यो फिचर संयूक्त राज्य अमेरिकामा मात्रै उपलब्ध छ । सोसल भाउचिङ रोजेमा इन्स्टाग्रामले तीन जना म्युचुअल फलोअरहरू माग्छ र ती तीनजनाले प्रयोगकर्ताको उमेर पुष्टि गरिदिनुपर्छ । म्युचुअल फ्लोअर पनि १८ वर्षभन्दा माथिको उमेरका हुनुपर्छ । उनीहरूले तीन दिनभित्र उमेर पुष्टि गरिदिनुपर्छ ।

एआई एस्टिमेसन रोज्दा प्रयोगकर्ताले योती कम्पनीलाई सेल्फी भिडियो पठाउनुपर्नेछ । योतीले मसिन लर्निङको मद्दतले व्यक्तिको उमेर अनुमान गर्नेछ । अनलाइन एज र परिचय प्रमाणीकरणका लागि योती परिचित नाम हो । बेलायत सरकार र जर्मन डिजिटल रेगुलेटर्सले योतीका प्रविधिलाई स्विकृति दिइसकेका छन् । यसले अनुहारका विभिन्न संकेतहरूका आधारमा व्यक्तिको उमेर अनुमान लगाउन सक्छ ।

प्रकाशित : असार १०, २०७९ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?