सुर्खेतमा देखियो बर्डफ्लू- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुर्खेतमा देखियो बर्डफ्लू

चाँदनी कठायत

वीरेन्द्रनगर — सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा बर्डफ्लू देखिएको छ । वीरेन्द्रनगर–३ का कृषक टेकराज आचार्यको फर्ममा पालिएका टर्की जातका पंक्षीमा बर्डफ्लू देखिएको हो । बर्डफ्लू देखिएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको आकस्मिक बैठकले ती पंक्षीहरु तत्काल नष्ट गर्ने निर्णय गरेको छ । 

फाइल तस्बिर : रोयटर्स


जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछानेका अनुसार प्रभावित स्थलमा पंक्षीहरु नष्ट गर्नका लागि टोली पठाइसकिएको छ । साथै त्यस वरपरको क्षेत्र सेनिटाइज गर्ने निर्णय पनि बैठकले गरेको छ । पशुपंक्षी निर्देशनालय कर्णाली प्रदेशका निमित्त प्रमुख मोहन गिरीले बाक्लो वस्ती भएकाले त्रास फैलन सक्ने भन्दै राति आठ बजेपछि मात्रै पंक्षी नष्ट गर्न टोलीलाई निर्देशन दिएका छन् ।


प्रकाशित : असार ९, २०७९ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्

पाँचथरको एक विद्यालयमा अभिभावकले लगाए ताला

लक्ष्मी गौतम

पाँचथर — प्रधानाध्यापक नै शैक्षिक वातावरण बिगार्न उद्यत रहेको भन्दै फिदिम नगरपालिका १० को सिद्वदेवी आधारभूत विद्यालय प्रशासनमा अभिभावकले ताला लगाएका छन् ।

प्रधानाध्यापक कुसुमहाङ थाम्सुहाङले व्यवस्थापन व्यवस्थापन समिति विघटन गर्नुका साथै पठनपाठनमा प्रत्यक्ष प्रभाव पारेको, आर्थिक अनियमितता गरेको लगायत आरोप लगाउँदै बिहीबार मध्याह्न विद्यालयमा ताला लगाइएको हो । थाम्सुहाङले विद्यालयको रित्त दरबन्दीमा सरुवा भएर आएकी स्थानीय रिता तुम्बापोलाई चार महिनादेखि हाजिर गर्न नदिइ हुकुमी शासन चलाएकाले पनि ताला लगाइएको स्थानीय अविभावक चन्द्र लिम्बूले बताए ।

थाम्सुहाङले भने प्रक्रिया नपुर्‍याई सरुवा भएर आएकाले हाजिर हुन नदिएको प्रतिक्रिया जनाएका छन् । शिक्षिका तुम्बापोलाई कुनै पनि हालतमा हाजिर हुन नदिने थाम्सुहाङको अडान छ । सरुवा भएर आएकी शिक्षिकालाई हाजिर गराउनुको सट्टा विद्यालयको दरबन्दी नै हटाउनुपर्ने थाम्सुहाङको तर्क छ ।

प्रकाशित : असार ९, २०७९ १७:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×