१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

सेयर बजार १८४८ अंकमा झऱ्यो 

४ वाणिज्य बैंकको मूल्य २ सयमुनि 

काठमाडौँ — बिहीबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक १८४८ अंकमा झरेको छ । बिहीबार नेप्से ४५.२५ अंकले घटेको हो । कुल १ अर्ब ४९ करोड रुपैयाँको कारोबार भयो । सबै उपसमूहका सूचक घटेका छन् ।

सेयर बजार १८४८ अंकमा झऱ्यो 

बैंकिङ २१, विकास बैंक ११९, फाइनान्स ४७, होटल तथा पर्यटन ६७, जलविद्युत् ८६, जीवन बीमा १४३, उत्पादन ९५, माइक्रोफाइनान्स १०२, निर्जीवन बीमा २१८, अन्य ३३ र ब्यापार उपसमूह ३९ अंक घटे ।

१५ कम्पनीको मूल्य बढ्दा २ को स्थिर रह्यो भने १७८ को घट्यो । आँधीखोला लघुवित्त र सीवाईसी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । शिवश्री हाइड्रो र लिबर्टी इनर्जीको मूल्य ९ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा कुमारी बैंक, लक्ष्मी बैंक, नबिल बैंक, हिमालयन डिस्टिलरी र एनआईसी एसिया बैंक क्रमश: अगाडि रहे ।

४ वाणिज्य बैंकको मूल्य हाल २ सयभन्दा तल झरिसकेको छ । कुमारी बैंकको मूल्य प्रतिकित्ता १९४, लक्ष्मीको १९८.८, सेन्चुरी कमर्सियलको १८३.६० र सनराइजको १९८.१० कायम भएको छ । त्यस्तै कारोबार हुँदा १९६ रुपैयाँसम्म झरेको सिभिल बैंकको मूल्य कारोबार बन्द हुँदा २००.७० रुपैयाँ छ ।


प्रकाशित : असार ९, २०७९ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?