१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

युक्रेनसँग नेपालको व्यापार घाटा २० अर्ब ८१ करोड

यी हुन् नेपालले धेरै वस्तु आयात गर्ने १० मुलुक

काठमाडौँ — चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न वस्तुको आयात गर्दा मुलुकबाट १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँ बराबरको मुद्रा बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको ११ महिनाको ब्यापार स्थितिअनुसार डेढ सयभन्दा बढी देशहरुबाट नेपालमा विभिन्न थरीका वस्तु आयात भएको छ ।

युक्रेनसँग नेपालको व्यापार घाटा २० अर्ब ८१ करोड

११ महिनाको अवधिमा स्वदेशी वस्तु निर्यात गरेर मुलुकले १ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँ बराबरको मुद्रा आर्जन गरेको छ । समग्रमा आयात ठूलो भएकाले मुलुकको व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३८ करोड पुगेको छ । हाल रसियाले आक्रामण गरिरहेको मुलुक युक्रेनसँग पनि नेपालको ब्यापार ठूलो छ । नेपालसँग व्यापारका आधारमा युक्रेन आठौं ठूलो मुलुक हो । युक्रेनबाट नेपालमा ११ महिनामा २० अर्ब ८१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । खासगरी तेलहनको कच्चा पदार्थ युक्रेनबाट बढी मात्रामा आयात हुने गर्छ ।

नेपालमा भारतबाट सबैभन्दा धेरै रकमको वस्तु आयात हुने गर्छ । भारतबाट मात्रै ११ महिनामा ११ खर्ब रुपैयाँ बराबरको वस्तु भित्रिएको छ भने नेपालले भारतलाई १ खर्ब ४५ अर्ब रुपैयाँको वस्तु निर्यात गरेको छ ।

भारतपछि चीनबाट सबैभन्दा धेरै २ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । भारत र चीनपछि धेरै वस्तु आयात हुने मुलुकहरुमा क्रमश: अमेरिका, इन्डोनेसिया, युएई, अर्जेन्टिना, अस्ट्रेलिया, युक्रेन, मलेसिया, ब्राजिल, थाइल्याण्ड र बंगलादेश पर्दछन् ।

चालु आर्थिक वर्षको ११ महिनामा नेपालले धेरै वस्तु आयात गरेका १० मुलुकहरु

मुलुक

आयात वस्तुको रकम

निर्यात वस्तुको रकम

कुल व्यापार घाटा

भारत

११ खर्ब ९० करोड

१ खर्ब ४५ अर्ब ९० करोड

९ खर्ब ५५ अर्ब

चीन

२ खर्ब ४४ अर्ब २१ करोड

७३ करोड

२ खर्ब ४३ अर्ब ४८ करोड

अमेरिका

४७ अर्ब ७३ करोड

१५ अर्ब ९७ करोड

३१ अर्ब ७६ करोड

इन्डोनेसिया

४६ अर्ब २७ करोड

६ करोड

४६ अर्ब २१ करोड

यूएई

४३ अर्ब ९६ करोड

४३ करोड

४३ अर्ब ५३ करोड

अर्जेन्टिना

३७ अर्ब १९ करोड

न्यून

३७ अर्ब १९ करोड

अस्ट्रेलिया

२३ अर्ब १५ करोड

१ अर्ब २ करोड

२२ अर्ब १३ करोड

युक्रेन

२० अर्ब ८१ करोड

न्यून

२० अर्ब ८१ करोड

मलेसिया

१६ अर्ब १० करोड

१० करोड

१६ अर्ब

ब्राजिल

१२ अर्ब ३७ करोड

५ करोड

१२ अर्ब ३२ करोड


प्रकाशित : असार ९, २०७९ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?