१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कृषिमा प्रदेश १ सबैभन्दा अब्बल, उद्योगमा वाग्मती 

काठमाडौँ — मुलुकको कृषि उत्पादनमा प्रदेश नम्बर १ सबैभन्दा अब्बल देखिएको छ । चालु आर्थिक वर्ष समग्र कृषि उत्पादनमा यो प्रदेशको योगदान सबैभन्दा बढी २१ दशमलव ८ प्रतिशत रहने भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनअनुसार चालु आर्थिक वर्ष कृषि उत्पादनमा कर्णाली प्रदेशको योगदान सबैभन्दा कम ५.४ प्रतिशत रहने अनुमान छ । कृषि उत्पादनमा मधेस प्रदेशको योगदान १९, वाग्मतीको १७.१, गण्डकीको ९.६, लुम्बिनीको १७.३ र सुदूरपश्चिमको ९.८ प्रतिशत रहने अनुमान छ । 

कृषिमा प्रदेश १ सबैभन्दा अब्बल, उद्योगमा वाग्मती 

त्यस्तै मुलुकको समग्र औद्योगिक उत्पादन तथा सेवा क्षेत्रमा भने प्रदेश नम्बर १ दोस्रो स्थानमा रहेको छ । चालु आर्थिक वर्ष औद्योगिक उत्पादनमा यस क्षेत्रको योगदान १९.६ प्रतिशत रहने अनुमान छ भने वाग्मती प्रदेशको योगदान सबैभन्दा बढी ३१.६ प्रतिशत र कर्णाली प्रदेशको योगदान सबैभन्दा कम ३.२ प्रतिशत रहने अनुमान छ । औद्योगिक उत्पादनमा मधेश प्रदेशको योगदान ११.२, गण्डकीको ११.५, लुम्बिनीको १५.८ र सुदूरपश्चिमको ७.१ प्रतिशत योगदान रहने अनुमान छ ।

मुलुकको कुल सेवा क्षेत्रमा प्रदेश नम्बर १ को योगदान १२.५ प्रतिशत रहने अनुमान छ भने वाग्मती प्रदेशको सबैभन्दा बढी ४५.९ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम ३.८ प्रतिशत योगदान रहने अनुमान छ । सेवा क्षेत्रमा मधेस प्रदेशको योगदान ११.५, गण्डकीको ८.०, लुम्बिनीको १२.५ र सुदूरपश्चिमको योगदान ५.९ प्रतिशत रहने अनुमान छ । समग्र कुल गार्हस्थ्य उत्पादनमा वाग्मती प्रदेशको योगदान सबैभन्दा धेरै ३६.९, प्रदेश १ को १५.७, मधेस प्रदेशको १३.३, गण्डकीको ८.९, लुम्बिनीको १४.१, कर्णालीको ४.१ र सुदूरपश्चिमको ७ प्रतिशत रहने अनुमान छ ।


प्रकाशित : असार ८, २०७९ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?