कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

निर्माण व्यवसायीले देशभर सबै काम ठप्प पार्ने 

काठमाडौँ — निर्माण व्यवसायीहरुले पेट्रोलियम पदार्थमा भएको अत्याधिक मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प हुने अवस्थामा पुगेको बताएका छन् । इन्धनसँगै निर्माण सामग्रीमा समेत भएको मूल्यवृद्धिका कारण काम गर्न सक्ने अवस्था नरहेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

निर्माण व्यवसायीले देशभर सबै काम ठप्प पार्ने 

एक विज्ञप्ति जारी गर्दै महासंघले निर्माण व्यवसायीलाई तत्काल राहत दिनेगरी सरकारले मूल्य समायोजन निर्देशिका जारी नगरेमा ‘कन्स्ट्रक्सन हालिडे’ का बीच पनि मुलुकभर सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजना र अति आवश्यक निर्माण परियोजनाका काम समेत बन्द गर्ने चेतावनी दिएको छ । यसअघि स्थगित आन्दोलनका कार्यक्रम सहित एक हप्ताभित्रै थप सशक्त कार्यक्रम सार्वजनिक गरिने महासंघले जनाएको छ ।

महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘इन्धनमा मूल्य वृद्धि भएका कारण मुलुकभर संचालित राष्ट्रिय गौरवका आयोजना एवम् अति जरुरीका निर्माण परियोजनाहरु पनि अब बन्द हुने स्थिति उत्पन्न भएको छ, निरन्तर मूल्य वृद्धि भइरहे पनि सरकारले निर्माण व्यवसायीलाई कुनै राहत दिन नसकेबाट समग्र निर्माण क्षेत्रको विकासप्रति नै सरकारको उदासिनता पुष्टि भएको छ ।’ पेट्रोलमा एकै पटक प्रति लिटर २१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँको वृद्धिले निर्माण क्षेत्र थप आक्रान्त बनेको महासंघले जनाएको छ ।

अप्रत्यासित रुपमा इन्धनमा निरन्तर भइरहेको मूल्यवृद्धिका कारण घर, जग्गा जमिन तथा अन्य जायजेथा धितोमा राखेर निर्माण व्यवसायमा संलग्न देशभरका व्यवसायी, तिनका परिवार र आश्रित श्रमिकहरूको बिचल्ली हुने अवस्था आएको महासंघले जनाएको छ । ‘यसअघिकै मूल्यवृद्धिका कारण निर्माण उद्योगमा देखिएको विकराल समस्या समाधानका लागि सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम मूल्य समायोजन निर्देशिका जारी गर्ने विषयमा छलफल भइरहेको समयमा हठात् भएको अप्रत्यसित एवम् अत्यधिक मूल्यवृद्धिले महासंघ स्तब्ध भएको छ’ विज्ञप्तिमा भनिएको छ ।

पेट्रोलियम पदार्थमा लिइने कर कटौती नगरी, चुहावटको समस्या समाधान नगरेर अन्तर्राष्ट्रिय मूल्यलाई देखाउँदै एकोहोरो निर्माण व्यवसायीसहित तमाम उपभोक्ताको ढाड सेक्ने काम भएको महासंघले जनाएको छ । ‘मुलुकमा व्याप्त अराजकताले निर्माण गतिविधि प्रभावित भएको छ भने राज्य संयन्त्रहरूमा भ्रष्टाचार व्याप्त रहेकाले मुलुकले सुशासन महसुस गर्न पाएको छैन’ महासंघले भनेको छ ।


प्रकाशित : असार ६, २०७९ १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?