३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

ब्याज अनुदानमै सकियो सरकारको १५ अर्ब ७३ करोड

काठमाडौँ — व्यावसायिक कृषि, महिला उद्यमी, शिक्षित युवा स्वरोजगार लगायत १० प्रकारका सहुलियत कर्जामा ब्याज अनुदान बापत सरकारले १५ अर्ब ७३ करोड रुपैयाँ खर्चिएको छ । यो ब्याज अनुदानका लागि गत वैशाखसम्म सरकारले तिरेको रकम हो ।

ब्याज अनुदानमै सकियो सरकारको १५ अर्ब ७३ करोड

हाल सरकारले १० प्रकारका कर्जामा ब्याज अनुदान दिँदै आएको छ । जसअनुसार महिला उद्यमीका लागि ६ प्रतिशत र बाँकी ९ प्रकारका कर्जामा ५ प्रतिशतका दरले सरकारले ब्याज अनुदान दिने गर्दछ । उल्लिखित कर्जामध्ये कृषि कर्जा २०७३ देखि र बाँकी ९ प्रकारका कर्जा २०७५ साल देखि सुरु गरिएको हो । गत वैशाखसम्म १ लाख ४६ हजार ३ सय ८२ जना ऋणीका लागि २ खर्ब ५६ अर्ब ३७ करोड रुपैयाँ कर्जा स्वीकृत भएको छ । त्यसमध्ये २ खर्ब १६ अर्ब ३३ करोड रुपैयाँ लगानीमा रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

प्रकाशित : जेष्ठ ३१, २०७९ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?