२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

वैदेशिक रोजगार बचतपत्र खुल्यो, १२.५% ब्याज पाइने 

काठमाडौँ — नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रका लागि आवेदन खुला गरेको छ । ५ वर्षे अवधिको यस बचतपत्रमा लगानी गर्नेले १२.५ प्रतिशत ब्याज पाउाछन् । यो ब्याज रकम हाल बैंक तथा वित्तीय संस्थाले मुद्दतीमा दिनेभन्दा बढी हो । हाल वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दतीमा बढीमा ११. ०३ प्रतिशत मात्रै ब्याज दिन्छन् ।

वैदेशिक रोजगार बचतपत्र खुल्यो, १२.५% ब्याज पाइने 

बचतपत्रमा लगानी गर्नेले आफै वा इच्छाएको व्यक्तिमार्फत नजिकको बैंक शाखाबाट ब्याज रकम लिन सक्छन् । ६–६ महिनामा लगानीकर्ताले ब्याज पाउने राष्ट्र बैंकले जनाएको छ । घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा नि:शेष भाग जाने रकम यसमा लगानी गर्न सकिन्छ । असार ६ गतेसम्म आवेदन दिन सकिन्छ । २०८४ असार १३ गते साँवा रकम फिर्ता हुनेछ ।

देशबाहिर रोजगारीमा संलग्न वा देशभित्र फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममा यस्तो बचतपत्र किन्न सक्छन् । यस्तो बचतपत्र धितो राखी बैंकबाट ऋण पनि लिन सकिन्छ । राष्ट्र बैंकको वेबसाइटमा गई मोनिटरी म्यानेजमेन्टभित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिन्छ । साथै त्यसैबाट फारम डाउनलोड गरी भरेर पायक पर्ने बैंक शाखामा बुझाउन सकिन्छ ।


प्रकाशित : जेष्ठ १८, २०७९ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?