२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

कच्चा तेलको मूल्य फेरि उकालो लाग्यो

प्रतिब्यारेल १२४ डलर

काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि उकालो लागेको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १२४ अमेरिकी डलर (साढे १२ बजे) पुगेको छ । गत मंगलबार प्रतिब्यारेल ११० डलर आसपास रहेको ब्रेन्ट कच्चा तेल एक सातामै १४ डलर बढेको छ ।

कच्चा तेलको मूल्य फेरि उकालो लाग्यो

डब्लूटीआई तेलको मूल्य १२० डलर पुगेको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार तेल उत्पादक मुलुकहरुको संगठन ओपेकले तेल उत्पादनमा हालको मात्रालाई नै यथावत राख्न सक्ने भएकाले मूल्यमा दवाव परेको हो । त्यस्तै रुसबाट आयात हुने ९० प्रतिशत तेल कटौती गर्न युरोपेली संघ (ईयू) सैद्धान्तिक रुपमा तयार भएको पनि राेयटर्सले जनाएको छ ।अमेरिका तथा साउदी अरेबियापछि रुस धेरै तेल उत्पादन गर्ने तेस्रो ठूलो मुलुक हो । रुसको तेल प्रतिबन्धकै कारण अहिले विश्वको आपूर्ति श्रृंखलामा समस्या आएको हो । युक्रेनमाथि रुसको आक्रमणलाई लिएर यूरोपेली मुलुकले तेलसहित रुसका विभिन्न उत्पादनमा प्रतिबन्ध लगाएका छन् । भारतसहित अन्य मुलुकलाई समेत रुसबाट तेल खरिद नगर्न अमेरिकाले चेतावनी दिँदै आएको छ ।

कच्चा तेलको मूल्य बढेसँगै नेपालमा समेत असर परिसकेको छ । भारतबाट नेपाल आयल निगमलाई पछिल्लो समय तेलको मूल्य उच्च दरले बढेर आएको छ । यसले नेपाल आयल निगमलाई पनि तेलको मूल्य बढाउन दवाव परेको छ । अर्कोतर्फ निगमले भारतीय आयल कर्पोरेसन (आईओसी) लाई भुक्तानी गर्नुपर्ने रकम पनि बढ्दै जाने भएकाले मुलुकको ब्यापार घाटा यसले झनै बढाउने छ ।नेपालमा आयात हुने वस्तुमा रकमका आधारमा पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा ठूलो अर्थात १५ प्रतिशत छ ।


प्रकाशित : जेष्ठ १७, २०७९ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?