काठमाडौँ — एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटले आउँदो चुनावमा भाेट तान्ने मात्र लक्ष्य राखेको बताएका छन् । बजेट प्रस्तुत भएपछि आइतबार प्रतिक्रिया दिँदै पाण्डेले चुनावपछि नयाँ सरकार बन्छ भन्ने हेक्का नराखेको उल्लेख गरे ।
'चुनावपछि नयाँ सरकार बन्छ भन्ने हेक्का यो बजेटले राखेको छैन । भोट मात्र कसरी तान्ने भन्ने मनसाय मात्र राखेको छ' उनले भने ।
उनले किसानलाई पेन्सन दिने कुरा पपुलिस्ट ढंगले आएको बताए । निजामती कर्मचारी लगायतकै पेन्सनमा समस्या परिरहेकोबेला झन्डै ३७ लाख परिवारलाई पेन्सन दिने कुरा कति कार्यान्वयन गर्ने सकिने खालको हाे भन्दै उनले प्रश्न गरे ।
यसले कति व्यवभार थोपर्छ भन्ने कुरा हेक्का नराखी आएको उनले प्रतिक्रिया दिए । उनले बजेट र नीत कार्यक्रमबीच सन्तुलन नभएको आरोप लगाए । विद्युत्को प्रयोग गर्ने नीति र त्यसअनुसारको बजेट ल्याएकोमा भने उनले प्रशंसा गरे ।
