

काठमाडौँ — ऊर्जा तथा जलस्रोत क्षेत्रमा आगामी आर्थिक वर्षका लागि सरकारले ७५ अर्ब १० करोड रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ ।


विद्युत्का उत्पादन, प्रसारण तथा वितरण आयोजनाहरूका लागि यो रकम छुट्याइएको हो । उत्पादनतर्फ बुढीगण्डकी, नलसिङगाड, पश्चिम सेती, सेती रिभर–६ र पञ्चेश्वर जलविद्युत् आयोजनालाई प्राथमिकतामा राखिएको छ ।
त्यस्तै, माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजनाका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ ।
प्रकाशित : जेष्ठ १५, २०७९ १८:२७