

काठमाडौँ — सरकारले अनुत्पादक र उत्पादनशील क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर फरक फरक गर्ने भएको छ ।


जसअनुसार उत्पादनशील क्षेत्रमा कम र अनुत्पादक क्षेत्रमा बढी ब्याजदरको व्यवस्था सरकारले गर्न लागेको हो । आगामी वर्षको बजेट वक्तव्यमार्फत अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् । त्यस्तै सरकारले वैदेशिक राेजगारीमा गएकाहरुलाई प्राथमिक सेयरमा १० प्रतिशत आरक्षणको व्यवस्था गर्ने भएको छ । रेमिट्यान्सलाई वैधानिक माध्यमबाट ल्याउने उद्देश्यले सरकारले यस्तो व्यवस्था गरेको हो ।
प्रकाशित : जेष्ठ १५, २०७९ १८:२४