१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

निजी सवारी आयातमा एलसी खुलाउन नाडाको आग्रह 

काठमाडौँ — अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)ले निजी सवारीसाधन कार, जिप, भ्यानको आयातका लागि एलसी खुलाउन सरकारसँग आग्रह गरेको छ । विदेशी मुद्रा सञ्चितिमा कमी आएपछि हाल सरकारले निजी सवारीसाधनको आयातमा एलसी खोल्ने कार्य बन्द गराएको छ । नाडाले नेपालमा अटोमोबाइल क्षेत्रको योगदान र यस व्यवसायमा देखा परेका समस्याहरुलाई केलाउँदै एक प्रतिवेदन सार्वजनिक गरेको छ । 

निजी सवारी आयातमा एलसी खुलाउन नाडाको आग्रह 

व्यवसायमा १ खर्बभन्दा बढीको लगानी रहेको र हरेक वर्ष १ खर्ब ५० अर्ब बढी राजश्वमा योगदान पुर्‍याउँदै आएको सवारीसाधन आयातमा कडाइ गर्दा राजश्व गुम्ने नाडाको भनाइ छ । नाडाले केही दिन अघि मात्रै निजी प्रयोजनका कार, जिप र भ्यानको आयात खुला गर्नका लागि अर्थ मन्त्रालयमा सुझाव दिएको थियो । कुल आयातमा सवारीसाधनको हिस्सा ६ प्रतिशत रहँदा राजश्वमा २१ प्रतिशत योगदान रहेको नाडाले जनाएको छ ।

नाडाका अनुसार यस आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्मको ९ महिने अवधिमा कुल १४ अर्ब १३ करोड मूल्य बराबरको निजी कार, जिप, भ्यान (पेट्रोल/डिजेलमा) आयात भएको छ । सो वापत सरकारले ३२ अर्ब २४ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । त्यस्तै २२ अर्ब ३३ करोड रुपैयाँ बराबरको मोटरसाइकल तथा स्कुटर आयात हुँदा सरकारले २२ अर्ब बराबर नै राजश्व उठाएको नाडाको तथ्यांक छ ।

पछिल्लो समय विद्युतीय सवारीसाधनको आयात समेत बढेको छ । नाडाका अनुसार ९ महिनाको सो अवधिमा १ हजार ७७३ वटा विद्युतीय कार, जिप, भ्यान आयात भएको छ । आर्थिक वर्ष ०७७/७८ मा जम्मा २४९ वटा मात्रै त्यस्ता सवारी भित्रिएका थिए । चालु आर्थिक वर्षको ९ महिनामा २ हजार ३९४ वटा विद्युतीय दुई पांग्रे सवारी आयात भएको छ । आर्थिक वर्ष ०७७/७८ मा २ हजार २६५ वटा आयात भएको थियो ।

प्रकाशित : जेष्ठ १३, २०७९ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?