कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सगरमाथामा जाम्बियाको झन्डा 

काठमाडौँ — सर्वोच्च शिखर सगरमाथामा अफ्रिकी राष्ट्र जाम्बियाको झन्डा फहराइएको छ । नेपाली पर्वतारोही फुर्वा ओङगेल शेर्पाले जेठ १ गते बिहान ४ बजेर ५८ मिनेटमा जाम्बियाको झन्डा चुचुरोमा फहराएको जाम्बियाका लागि नेपालका मानार्थ वाणिज्यदूत देशबन्धु बस्नेतले बताए ।

सगरमाथामा जाम्बियाको झन्डा 

उनका अनुसार, नेपाल र जाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको साढे तीन दशकपछि जाम्बियाले सगरमाथामा झन्डा फहराइएको हो ।

यसको उद्देश्य दुई देशबीच द्विपक्षीय व्यापार र द्विपक्षीय सम्बन्ध सुदृढीकरण गर्न ध्यान आकर्षित गर्नु रहेको बस्नेतले बताए ।

नेपाल र जाम्बियाले १० सेप्टेम्बर १९८६ मा कूटनीतिक सम्बन्ध गाँसेका थिए ।

प्रकाशित : जेष्ठ १२, २०७९ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?