सिद्धान्तअनुसार नचल्दा सहकारीमा समस्या आयो : मन्त्री श्रेष्ठ

काठमाडौँ — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरु मूल्य, मान्यता र सिद्धान्तभन्दा बाहिर गएकाले समस्या उत्पन्न भइरहेको बताएकी छन् । 

सिद्धान्तअनुसार नचल्दा सहकारीमा समस्या आयो : मन्त्री श्रेष्ठ

सुशासन प्रवर्द्धन र व्यवस्थापन विषयक राष्ट्रिय कार्यशाला गोष्ठीको बिहीबार उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सहकारीहरु मूल्य, मान्यता, सिद्धान्तअनुसार चल्नु पर्नेमा जोड दिइन् ।‘सहकारीलाई प्रभावकारीरुपमा अगाडि बढाउनेक्रममा नीतिगत, कानुनी र व्यवहारिकरुपमा काम गर्दा आएको कठिनाई हटाउन मन्त्रालय तयार छ,’ उनले भनिन्, ‘सहकारी अभियानलाई अगाडि बढ्न परिरहेको अप्ठेराको गाँठो फुकाउन ऐन परिमार्जनको तयारीमा छ ।’

संविधानमा सहकारीलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिएको र आर्थिक विकास र समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै सहकारीहरुलाई सदस्यकेन्द्रित भई व्यावसायिक बनाउनु पर्नेमा समेत उनले जोड दिए ।

सहकारी क्षेत्रभित्र देखिएका खराब क्रियाकलाप नियन्त्रण गर्न नियामक निकायहरुको भूमिका प्रभावकारी हुन नसकेको हो कि भन्ने प्रश्न उठिरहेको भन्दै यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वयकारी ढंगबाट अगाडि लानुको विकल्प नभएको पनि उनले बताइन् । कार्यक्रममा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सहकारी अभियानलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न मन्त्रालय दृढ भएर लागेको बताए ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले समस्याग्रस्त सहकारीको संख्या बढ्न नदिन कानुन, नीति र व्यवहारमा सुधार गर्दै स्वनियमनमा जानु आवश्यक रहेको बताए ।


प्रकाशित : जेष्ठ १२, २०७९ २०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?