८८ करोडमा खुम्चियो सेयर कारोबार 

काठमाडौँ — बिहीबार सेयर कारोबार ८८ करोड ९८ लाखमा खुम्चिएको छ । अघिल्लो दिन १ अर्ब ४ करोडको कारोबार भएको थियो । बैंकहरुमा तरलता संकट र बढ्दो ब्याजदरका कारण पछिल्लो समय सेयर कारोबार संकुचन आएको छ । नेप्से परिसूचक भने ८ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २२३९ अंकमा कायम भएको छ ।

८८ करोडमा खुम्चियो सेयर कारोबार 

कुल १०३ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने १२ को स्थिर रह्यो । बैंकिङ १५, जीवन बीमा ८९, उत्पादन २७, माइक्रोफाइनान्स ४, निर्जीवन बीमा ७ र ब्यापार उपसमूह ७ अंकले बढे । विकास बैंक ७, फाइनान्स ३, होटल तथा पर्यटन २०, जलविद्युत् ४ र अन्य उपसमूह १४ अंकले घटे । मेगा बैंकको मूल्य १० प्रतिशतले बढेको छ । नारायणी डेभलपमेन्टको ६ प्रतिशत बढ्यो । गुराँस लघुवित्तको मूल्य सबैभन्दा धेरै ५ अंक घट्यो । कारोबार रकमका आधारमा मेगा बैंक, अरुणकाबेली, नबिल बैंक, माथिल्लो तामाकोसी र जल्पा सामुदायिक लघुवित्त क्रमश: अगाडि रहे ।


प्रकाशित : जेष्ठ १२, २०७९ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?