कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सेयर बजारका सबै सूचक बढे 

काठमाडौँ — बुधबार सेयर बजारका सबै सूचक बढेका छन् । कारोबार रकममा सुधार नभए पनि परिसूचक नेप्से १४.३७ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २२३१ अंकमा कायम भएको छ । दिनभर १ अर्ब ४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सबै उपसमूहका सूचक बढे ।

सेयर बजारका सबै सूचक बढे 

बैंकिङ ८, विकास बैंक २५, फाइनान्स ९, जलविद्युत् ३०, जीवन बीमा ६६, उत्पादन ३०, लघुवित्त २९, निर्जीवन बीमा १३४, अन्य ८ र ब्यापार उपसमूह २९ अंकले बढे । होटल तथा पर्यटन र लगानी उपसमूहको वृद्धि भने १ अंकमुनि सीमित रह्यो । कुल १४८ कम्पनीको मूल्य बढ्दा ३९ को घट्यो, ५ को स्थिर रह्यो ।

बलेफी हाइड्रोपावर, मैलुङखोला हाइड्रोपावर, सिंगटी हाइड्रोपावर र गुराँस लघुवित्तको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढ्यो । कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ७.१३ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा माथिल्लो तामाकोसी, अरुण काबेली, नबिल बैंक, अरुणभ्याली र अपी पावर मूल्य क्रमश: अगाडि रहे ।


प्रकाशित : जेष्ठ ११, २०७९ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?