२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

राष्ट्र बैंकको सञ्चालकमा सिवाकोटी र आचार्य नियुक्त

काठमाडौँ — सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालक सदस्यहरुमा चिन्तामणी सिवाकोटी र शंकर आचार्यलाई नियुक्त गरेको छ । जेठ ६ गतेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरी मंगलबार मात्रै माइन्युट गरेको एक मन्त्रीले जानकारी दिइन् । सरकारले सिवाकोटी र आचार्यलाई आगामी पाँच वर्षका लागि राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकको सञ्चालकमा सिवाकोटी र आचार्य नियुक्त

गत वैशाख ३ देखि राष्ट्र बैंकका पूर्वसञ्चालक द्वय श्रीराम पौडेल र रामजी रेग्मीको पाँच वर्षे कार्यकाल सकिएको थियो । त्यसयता राष्ट्र बैंकका दुई सञ्चालक पद खाली थियो । सरकारले तत्काल सञ्चालक नियुक्तिको प्रक्रिया अघि बढाए पनि स्थानीय निर्वाचनको कारण निर्वाचन आयोगले स्वीकृति दिएको थिएन । आयोगबाट स्वीकृति आएपछि सरकारले सञ्चालक नियुक्तिको निर्णय गरेको हो । सिवाकोटी राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर र आचार्य पूर्वकार्यकारी निर्देशक हुन् ।

प्रकाशित : जेष्ठ ११, २०७९ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?