१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

जग्गाको हदबन्दी पुनरावलोकन गरिने 

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रममार्फत जग्गाको हदबन्दी सम्बन्धी हालको व्यवस्था पुनरावलोकन गर्ने घोषणा गरेको छ । वार्षिक नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले साे कुरा बताएकी हुन् । त्यसैगरी, संघ, प्रदेश र स्थानीय तहको भूउपयोग नीति बनाई कार्यान्वयन गर्ने सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख छ ।

जग्गाको हदबन्दी पुनरावलोकन गरिने 

अब विशिष्टीकृत संस्थाबाट मात्र घरजग्गा कारोबार गर्ने व्यवस्था मिलाइने समेत बताइन् । मालपोत र नापीसम्बन्धी आधारभूत सेवा स्थाीनय तहबाटै अनलाइनमार्फत प्राप्त गर्न सक्ने व्यवस्था मिलाइने उनले बताइन् ।

सबल अर्थतन्त्र निर्माणमा उद्योग क्षेत्रको नेतृत्वदायी भूमिका स्थापित गर्न तथा व्यवसाय गर्ने वातावरणमा सुधार र आधारभूत पूर्वाधारमा लगानी बढाउन सरकारले औद्योगिक प्रवर्द्धन दशक घोषणा गरेको छ । स्टार्टअप व्यवसाय स्थापना र सञ्चालनमा सहजीकरण गरिने विषय पनि सरकारको योजनामा छ । भैरहवा र नेपालगंजको एकीकृत जाँच चौकी स्थापना आगामी वर्षभित्रै निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७९ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?