२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आगामी वर्ष हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने

काठमाडौँ — कर्णाली करिडोरमा बाँकी ट्रयाक खोल्ने काम सम्पन्न गरी आगामी वर्ष हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी वर्ष थप ८ सय किलोमिटर सडक निर्माण र २ सय ५७ किलोमिटर सडक स्तरोन्नती पनि गरिने बताइन् । उनका अनुसार राष्ट्रिय गौरवका कालीगण्डकी, कोशी र कर्णाली करिडोरको निर्माण एवम् स्तराेन्ती कार्यलाई निरन्तरता दिइने छ ।

आगामी वर्ष हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने

त्रिभुवन लगायत राजमार्गमा सुरुङमार्ग तथा फ्लाइओभर सहित अन्डरपास सहितको आधुनिक सडक सञ्जाल विस्तार गरिने छ । रसुवागढी – काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन र वीरगन्ज–काठमाडौं र काठमाडौं उपत्यकामा मेट्रो रेलको विस्तृत अध्ययन गरिने जनाइएको छ । स्थानीय सडकमा पुल निर्माणको जिम्मेवारी प्रदेश सरकारलाई हस्तान्तरण गरिने राष्ट्रपति भण्डारीले बताइन् ।

प्रकाशित : जेष्ठ १०, २०७९ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?