पाँच वर्षभित्र पूर्वपश्चिम राजमार्गलाई चार लेन बनाइने

काठमाडौँ — पाँच वर्षभित्र पूर्वपश्चिम राजमार्गलाई कम्तीमा चार लेनमा 'एसियन हाइवे' स्तरमा विकास गरिने भएको छ । जसअनुरुप बुटवल–नारायणगढ र कमला–कञ्चनपुर खण्डको निर्माण कार्यलाई तीव्रता दिइएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताइन् । संसदमा मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले कांकडभिट्टा–लौकही–पथलैया–कमला तथा पथलैया–नारायणगढ सडकको स्तराेन्नती सुरु गरिने बताइन् ।

पाँच वर्षभित्र पूर्वपश्चिम राजमार्गलाई चार लेन बनाइने

काठमाडौं- तराई- मधेश द्रुतमार्ग तोकिएकै समयमा सम्पन्न गर्नेगरी निर्माण कार्यलाई तीव्रता दिइने उनको भनाइ छ । राष्ट्रिय राजमार्ग र तराई मधेशका जिल्ला सदरमुकाम जोड्ने सडकलाई मापदण्डका आधारमा कम्तिमा चार लेनमा स्तरोन्नती गरिने उनले बताइन् । 'चक्रपथ लगायत काठमाडौं उपत्यकाका सडक विस्तार र स्तरोन्नती गर्नुका साथै सम्बन्धित स्थानमा फ्लाइओभर निर्माण गरिने छ' नीति तथा कार्यक्रममा भनिएको छ 'तीन तहको साझेदारीमा कालोपत्रे सडक नपुगेका स्थानीय तहको केन्द्रलाई प्रादेशिक वा राष्ट्रिय सडक सञ्जालसँग आवद्ध गरिने छ ।'

प्रकाशित : जेष्ठ १०, २०७९ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?