कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१
सरकारको नीति तथा कार्यक्रम

सवारी चालक अनुमतिपत्र सम्बन्धित प्रदेशबाटै वितरण गर्ने व्यवस्था मिलाइने

काठमाडौँ — सरकारले सवारी चालक अनुमतिपत्र सम्बन्धित प्रदेशबाटै वितरण गर्ने व्यवस्था मिलाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सवारी चालक अनुमतिपत्र सम्बन्धित प्रदेशबाटै वितरण गर्ने व्यवस्था मिलाइने बताएकी हुन् ।

सवारी चालक अनुमतिपत्र सम्बन्धित प्रदेशबाटै वितरण गर्ने व्यवस्था मिलाइने

हाल विभिन्न प्रदेशबाट सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएपनि काठमाडौंमा मात्रै डिजिटल लाइसेन्स प्रिन्ट हुँदै आएको छ ।

सरकारले सवारी चालक अनुमतिपत्रको वितरण सहज बनाउन नसक्दा केही महिनायता अनुमतिपत्र वितरणको काम रोकिएको छ । अनुमतिपत्रका लागि आवदेन दिएकाहरुको पनि लिखित तथा प्रयोगात्मक परीक्षा हुन सकेको छैन ।

प्रकाशित : जेष्ठ १०, २०७९ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?