कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

'भ्युटावर बनायौं, औद्योगिक जिल्ला बनाएनौं'

काठमाडौँ — नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले औद्योगिक क्षेत्रमा लगानी गर्नुको सट्टा सरकारले सानातिना परियोजनालाई प्राथमिकतामा राखेको बताए । ‘गाउँगाउँमा भ्युटावर बनायौं, ढलेका धरहरा बनायौं । तर औद्योगिक जिल्ला बनाएनाैं,' मेक इन नेपाल स्वदेशी समिटमा उनले भने 'सरकारको ध्येय औद्योगिक लगानीमा भन्दा पनि सानातिना प्रोजेक्टमा छ ।’

'भ्युटावर बनायौं, औद्योगिक जिल्ला बनाएनौं'

उद्योगलाई जमिन अभाव भइरहँदा उद्योगी आफैंले किनेको जग्गा पनि प्रयोग गर्न ऐन, कानुन बाधक बनेको उनले बताए । ‘उद्योगका लागि जग्गा उपलब्ध छैन । मझौला तथा ठूला उद्योगहरुको चुनौति नै ऐन, कानुन बनेको छ,’ उनले भने ‘हाम्रो भूमि सम्बन्धी ऐन २०२१, परिवर्तित २०७६ र औद्योगिक व्यवसाय ऐनमा उद्योगले पहिला आफैले जग्गा किन्नु पर्ने व्यवस्था भयो, कानुनले तोकेभन्दा बढी जमिन भयो भने उद्योगी आफैले किनेको जमिन पनि धितोको रुपमा प्रयोग गर्न नपाइने, उद्योग बन्द भयो भने बेच्न पनि पाइँदैन । त्यो सरकारको सम्पत्ति जस्तो गरिन्छ ।’

कानुन र संविधानमा उद्योगलाई राष्ट्रियकरण गरिने छैन भनेर उल्लेख गरिए पनि अप्रत्यक्ष रुपमा अहिले राष्ट्रियकरण गर्नेगरी कानुन ल्याइएको शर्माले बताए ।

प्रकाशित : जेष्ठ ९, २०७९ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?