कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

मूल्य वृद्धिपछि पाक्षिक ३ अर्ब ३५ करोड घाटा : आयल निगम

काठमाडौँ — नेपाल आयल निगमले पछिल्लो पटकको मूल्य वृद्धिपछि पनि पाक्षिक (१५ दिनको) नोक्सानी ३ अर्ब ३५ करोड रहने जनाएको छ । विज्ञप्तिमार्फत निगमले हालको खपतअनुसार सबै इन्धनमा समायोजनपश्चात पाक्षिक ३ अर्ब ३५ करोड (मासिक ६ अर्ब ७० करोड) नोक्सानी रहने अनुमान गरेको हो ।

मूल्य वृद्धिपछि पाक्षिक ३ अर्ब ३५ करोड घाटा : आयल निगम

निगमका अनुसार अब पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ६४ पैसा र डिजेलमा २६ रुपैयाँ ८२ पैसा नोक्सानी छ । त्यस्तै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ८७९ रुपैयाँ ७५ पैसा नोक्सानी छ । मट्टितेलमा भने प्रतिलिटर २२ रुपैयाँ ११ पैसा, हवाई इन्धन (आन्तरिक)मा १३ रुपैयाँ ९८ पैसा र वाह्य हवाई इन्धनमा ५९ रुपैयाँ ८१ पैसा नाफा रहेको निगमले प्रष्ट पारेको छ । यस हिसावले डिजेलमा सबैभन्दा धेरै पाक्षिक १ अर्ब ६९ करोड र ग्यासमा १ अर्ब ४६ करोड नोक्सानी रहने निगमको अनुमान छ ।

विदेशी मुद्रा खर्च गरी महँगो मूल्यमा आयात गर्नुपर्ने पेट्रोलियम पदार्थको प्रयोग सकेसम्म कम गरी विद्युत् लगायत स्वदेशी ऊर्जाको खपत बढाउनुपर्ने आवश्यकता निगमले औंल्याएको छ । निगमले आगामी दिनमा लागत मूल्यमै इन्धन बिक्री गर्ने संकेत समेत गरेको छ । विज्ञप्तिमा निगमले भनेको छ ‘आपूर्ति तथा बिक्री सहज बनाइराख्न लागत मूल्यकै आधारमा पेट्रोल, डिजेल तथा एलपी ग्यास बिक्री गर्नुपर्ने बाध्यता रहेकाले मूल्य समायोजनपश्चात उपभोक्तामा पर्न जाने असुविधाप्रति निगम क्षमाप्रार्थी छ ।’

यसअघि आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २०० बढाएको थियो । अब पेट्रोल प्रतिलिटर १८०, डिजेल तथा मट्टितेल १६३ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १८०० कायम भएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७९ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?